जानी राखौं मरिचका ७ फाईदा

हामीले दैनिक प्रयोगमा ल्याउने मरिचमा धेरै यस्ता गुणहरू छन् भन्नेकुरा सायद नै कसैलाई थाह होला । सामान्यतया नेपाली समाजमा चियामा तथा गरम मसलामा प्रयोग हुने मरिचमा यस्ता धेरै औषधीय गुण रहेको छ जस मध्ये केहीका बारेमा हामी यहाँ जानकारी दिदैछौं ।
भारतमा मसलाको राजा या काली मिर्चको नामले चिनिने यो पदार्थको लाई Black Pepper या
किंग ऑफ स्पाइस नाम ले प्रचलित छ । 

मरिच, बिरेनुन भुटेको जीरा र ज्वानो पिसेर मही या कागती पानीमा हालेर खाने गरेमा पाचन प्रणाली राम्रो हुन्छ । यसमा  केल्शियम , आइरन, फास्फोरस, कैरोटिन, थाईमन र रिथोफ्लेब्न जस्ता पौष्टिक तत्व हुन्छन् । एक सोधका अनुसार मरिचमा बायो-एन्हंस्र नामको एक रसायन हुन्छ जसका कारण कुनै पनि दवाईको असर बढ्न जान्छ र थोरै मात्राले पनि राम्रो काम गर्दछ ।

१- यदि तपाईंलाई ब्लड प्रेसर लो हुन्छ भने प्रतिदिन तीन दाना मरिच २१ दाना किशमिश सँग सेवन गर्नुस् ।
२- रुघा लाग्दा ५ दाना मरिच पिसेर एक कप दुधमा पकाएर बिहान बेलुका खाने गरेमा धेरै नै लाभ हुन्छ ।
३- एक चम्चा महमा ३ दाना मसिनो पिसेको मरिच हालेर एक चिम्टी बेसार मिसाएर सेवन गरेमा कफ निकाल्न मद्दत गर्छ ।
४- मरिचको सेवनले शरीरको थकावट हराउँछ तथा घाँटीको दुखाई तथा खसखस पनि हटाउँछ ।

५- यसले रक्त संचारमा सुधार हुन्छ । यो मस्तिष्कको लागि पनि फाईदाकारी हुन्छ । ग्याँसको कारण पेट फुलेमा मरिच सेवन ले तुरुन्त परिणाम दिन्छ र ग्याँस हटाउँछ ।

६-मरिचको चिया पिउनाले चिसोको कारण हुने रुघा-खोकी तथा भाईरल ज्वरोमा समेत राहत मिल्छ । मरिच पाचनक्रियामा पनि सहयोगी हुन्छ ।

७-मरिचले सबै प्रकारका संक्रमण मा लाभ दिने गर्दछ ।

स्रोतः भारतीय अनलाईन पत्र-पत्रिका तथा नेपालका केही आयुर्वेदिक सल्लाहकारहरू 

Comments

Popular posts from this blog

७ दिनमा स्तन ठूलो पार्ने प्राकृतिक तरिका (भिडियो सहित)

सानो स्तन हुनेहरूका लागि मेथी सेवन रामबाण (भिडियो सहित)