काँक्राका १० फाईदाहरू


Image may contain: food



खानालाई स्वास्थ्यबर्धक बनाउने हो भने त्यसमा काँक्रोको समावेशलाई अनिवार्य मानिन्छ । हुन त परम्परागत रुपमै पनि संसारभर काँक्रो पोषकतत्वको एक अंगको रुपमा रहदै आएको छ । विभिन्न अध्ययनले पनि काँक्रोमा निम्न तत्व हुने पुष्टि गरिसकेका छन् । काँक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी समस्याबाट बचाउँनुको साथै कब्जियतको समस्या पनि हल गर्छ । जानौं काँक्रोका १० फाइदा :
१. शरीरमा पानीको कमी हुन दिदैन काक्रोमा ९५.२ प्रतिशत पानी हुन्छ । यसर्थ शरीरमा पानीको मात्रा पुरा गर्नको लागि प्रशस्त मात्रामा कांक्रोको सेवन पनि गर्न सकिन्छ ।
२. मुटु स्वस्थ राख्न सहयोगी कांक्रोमा पोटाशियमको मात्रा पनि प्रशस्त हुन्छ । जसले उच्च रक्तचाप हुनबाट जोगाउँछ । यसका साथै कांक्रोमा रहेको पोटाशियमले मुटु सम्बन्धी अन्य रोगबाट पनि टाढै राख्न मद्दत गर्छ ।
३. मस्तिष्क स्वस्थ राख्छ स्ट्रोबेरी र अंगूरमा जस्तैं कांक्रोमा पनि फिसेटिन नामक तत्व हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो तत्वले बढ्दो उमेरमा मस्तिष्कमा देखिने रोगहरूको जोखिम पनि कम गराउँछ । साथै बढ्दो उमेरमा देखिने अलजाइमरको जोखिमलाई घटाउँछ ।
४. बुढ्यौली रोक्छ छाला चाउरिनबाट रोक्ने सौन्दर्य प्रसोधनका सामानमा कांक्रोको प्रयोगलाई प्राथमिकता दिइन्छ । कांक्रोमा छाला चाउरिनबाट रोक्ने तत्व हुने भएकाले यसलाई सिधै पनि प्रयोग गर्न सकिन्छ ।
५. क्यान्सरको जोखिम कम गर्छ कांक्रोले शरीरमा अनावश्यक रुपमा बढ्दै गएको कोषलाई रोक्ने गर्छ । जसले शरीरमा हुनसक्ने क्यान्सरको जोखिम घटाउँछ ।
६. दुखाई कम गर्छ ‘जर्नल अफ योङ फार्मासिष्ट’मा प्रकाशित एक अनुशन्धान रिर्पोट अनुसार कांक्रोलाई परम्परागत रुपमा टाउको दुखाई क मगर्ने औषधिको रुपमा प्रयोग गरिन्थ्यो । यस्तै कांक्रो बिजले शरीरलाई चिस्याउने र कांक्रो सेवनबाट मुत्रजन्य समस्या हट्ने सो रिर्पोटमा उल्लेख छ ।
७. श्वास गनाउनबाट मुक्त सामान्यतया मुखमा भएको ब्याक्टेरियाले श्वास गनाउने गर्छ । कांक्रो लगायतका रेशायुक्त र प्रशस्त पानी भएका खानाले त्यस्ता ब्याक्टेरियालाई हटाउँछ । जसले मुख गनाउने समस्याबाट मुक्ति दिन्छ ।
८. हड्डीलाई बलियो बनाउँछ कांक्रोमा भिटामिन ‘के’ प्रशस्त मात्रामा पाइन्छ । भिटामीन ‘के’ ले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । यसकारण नियमित कांक्रो सेवन गरे हड्डी मजबुद बन्ने चिकित्सकहरूको सुझाब छ ।
९. कब्जियत हुन दिदैन कांक्रोमा प्रशस्त मात्रामा पानी हुन्छ र यसको बाहिरी भागमा प्रशस्त मात्रामा रेशाहरु हुन्छन् । पानी र रेशाले शरीरको पाचन क्रियालाई शसंक्त बनाउँछ । जसले कब्जियतको समस्यालाई दुर गराउँछ ।
१०. तौललाई बढ्न दिदैन कांक्रोमा न्यून मात्रामा क्यालोरी हुन्छ भने बाहिरी भागमा हुने फाइबरले पाचन क्रियालाई बलियो बनाउँछ । जसले तौललाई सन्तुलित बनाउन सहयोग गर्छ । यस बाहेक पनि कांक्रोलाई विभिन्न रुपमा प्रयोग गर्न सकिन्छ । कांक्रोको सलाद, अचार र जुसका रुपमा पनि प्रयोग गर्न सकिन्छ । जसले खानाको विकल्पको काम पनि गर्छ ।
साभार:- NDN media pvt. Ltd.

Comments

Popular posts from this blog

७ दिनमा स्तन ठूलो पार्ने प्राकृतिक तरिका (भिडियो सहित)

सानो स्तन हुनेहरूका लागि मेथी सेवन रामबाण (भिडियो सहित)

जानी राखौं मरिचका ७ फाईदा